Translate

Friday, March 3, 2017

विसर्जित प्रेम



आज पनि पटक्कै निन्द्रा परेन अह ३ घण्टा अगाडी बाट सुत्ने कोशिश आज पनि खेर गयो । उठेर सलाई कोरे अनि सल्काए उही सुर्तिले भरिएको सेतो खोल रुपी कागज । आत्मियता प्रेमले मात्र झल्काउदैन कहिलेकाही शाब्दिक बिनाशता पनि आत्मियताको परिभाषा बन्न जादो रहेछ जस्तो कि अहिले मैले सल्काई रहेको चुरोट जुन उसको समाप्तीमा पनि मेरो आत्मीय बन्दैछ , दुइ औला बीच च्यापिएर ।

साथहरु पनि तानेर फ्यालिएको चुरोटको धुवा जस्तै रहेछन फोक्सोमा पुगुन्जेल असिम आनन्द दिएझै भान गराउने अनि फोक्सो बाट बाहिर निस्कियपछी क्यान्सर प्रजातिको उल्लास मनाउने । एउटा चुरोट पुरै सकिदा पनि निन्द्रा लागेन सायद निन्द्रा कतै भागेको छ तिम्रो याद जस्तै मेरो मनमा समय संग जोडिएका तिम्रो तस्बिर हरुलाई ब्युताएर । ुतिमीु अर्थात मात्र तिमी जस्लाई मैले सम्बोधनका अरु शब्द नै भेटिन वा अरु सम्बोधनका शब्द हरु फिक्का महसुश भयो मलाई किनकि तिमी मात्र तिमीमै पूर्ण छौ , अनि तिम्रा ति यादहरु सधै अपूर्ण महसुश हुन्छन मलाई सायद तिम्रो सम्झनामा बितेका काडाँहरु समयको सियोले खोपेर निकाल्न म असफल भए ।

कसैको लहलहै मा लागेर चुरोट तान्न सिकेझै गासिएको तिमिसंगको सम्बन्ध सधै भरि चुरोटको धुवाको दागझैँ अमिटभै फोक्सोमा बसेसरी मेरो मन को अन्तस्करणमा समेटिन्छ भनेर थाहा पाएको भय कसम म तिम्रा यादहरुलाई पनि तानेर फालिएको चुरोटको ठुटालाई झैँ बेस्सरी जुत्ताले किल्चियर सधैका लागी समाप्त गरिदिन्थे , तर बिडम्बना तिमी अनायासै सुकेको पतकरमा फालिएको चुरोटको ठुटा बनेउ अनि सल्किरहेउ यो हृदयभरी अनि त्यो तापको परिणाम मेरो आखा बाट झर्दै छ गालालाई कुलेसो बनाएर ।

नाटकीय ढंगले जोडिएको तिमी संगको सम्बन्धले गहिराईको पराकाष्टा नाघ्छ भन्नेकुरा मैले अनुमान नै लगाउन सकिन । जाबो मिस(कल हानाहान र एस।एम ।एस को कारण यति नजिकबढेको सम्बन्ध कुनै दिन स्विच(अफ संगै टाढीन्छ भन्ने कुराको अनुमान लगाउदा(लगाउदै पनि म तिमीलाई यति समिप बाट नियाली रहन थालेछु पत्तै भयन । तिमी संगका संवादहरु अझैपनि मानसपटलमा ताजा भएर आइदिन्छ्न जसको साहारामा म यो अनिदो रात अनि सुर्यको उपस्थितिमा पनि अध्यारो लाग्ने दिनहरु काटी रहेछु । तिम्रा सबै बानीहरु असहज लागेता पनि सहज महसुश हुन थाले सायद मलाई तिम्रो बोलीको मिठासले लठ्ठ पारेको थियो कि म आफै लठ्ठीन खोजिरहेथे मैले आज सम्म बुझ्न सकेको छैन ।तिम्रो फोन नउठेको बेला म्य्यासेज पठाएर अबेरसम्म डेलिभरी रिपोर्ट कुरेका रातहरु साच्चै अविस्मरणीय भैदिएका छन । कसैलाई नदेखिकन पनि मान्छे कसरि यति नजिक हुनसक्छ रु अनि सबै कुरा खुलेर भन्न सक्छ म आफैमा अचम्मित छु , सायद प्रेम को संज्ञा यस्लाईनै दिएका हुन मानव जातीले । तर " I Love You " को कुनै लेश पनि उच्चारण गरियन अब यसलाई साँचो प्रेम भनौ वा फुस्रो सम्बन्ध उत्तर उनीसंगै हुनुपर्छ ।

दिनहु गरिएका कुराहरु , कुरिएको फोन अनि पठाईयको म्यासेज हरु सबै साक्षी हरु हुन जसको लिखित प्रमाण म पेश गर्न सक्दिन ।बिहानीपख चिसो थियो मैले साथीलाई फोन गर्न नम्बर थिचे तर गल्तीले अन्तिम नम्बर २० हुनुपर्नेमा १३ भएछ जहाँ बाट सुरु भयो तिमी संगको सम्बन्ध । तिम्लाई पहिलो चोटी फोन गर्दाको रिंग-टोन अझै पनि दिमाखमा बजिरहन्छ ।

म : हेलो , घर आइजो न छिटो बजार जाउ...

उता : कसलाई गर्नुभाको हो कुन्नि ?

म : तपाई को बोल्नु भाको ?

उता : मान्छे...

म : पशुले फोन बोक्ने जमाना अलि आको छैन मान्छे हो भन्ने मलाई पनि थाहा छ....

उता : खोजेको कसलाई हो ?

म : जो बोलेको उसैलाई...

उता : किन खोजेको त ?

म : आजकल खोज्ने रहर लाग्या छ तेसैले....

उता : म तपैले खोजेको मान्छे होइन....

म : यदि होइन भने किन भेटिएको त मसंग ?

उता : मैले फोन गर्या हो र ?

म : यति बेर सम्म किन बोलिराको त अगिनै रंग नम्बर भन्या भए हुने...

उता : आफै थाहा पाउनु पर्छ नी म जानकारी बाड्न बस्या हो र ?

म : ल भयो Attitude नाघेका हरु संग बोल्ने रहर मेरो नी छैन...



फोन काटे । टिन-एज को त्यो मेरो जिस्काई सम्बन्ध मा अनायासै परिणत भयको मैले भेउनै पाईन । यसरि तपाई बाट सुरु भएको सम्बन्ध तिमी हुदै मायाको शब्दमा धेरै पर सम्म पुगे । कुनै दिन झर्किएर फोन राखेर सुरु भएको सम्बन्ध ब्यालेन्स नसकिने बेला सम्म निरन्तर चल्न थाले । उसका बिरामिपन मेरो लागि कियर को संज्ञा पाउन थाले । वाह कति छिटै लम्बिन्छं सम्बन्ध बिनाकारण अनि कति छिटै चुड्छ सम्बन्ध मकिएको डोरी जस्तै ।
कसैलाई सम्झेर बस्दा उसले पनि सम्झिएर फोन गर्यो भने त्यो भन्दा खुशी सायद अरु बेला कमै हुईदो रहेछ ।यस्तो धेरै पटक भए अनि मनलाई धेरै पटक खुसीको सिंचाई मिल्यो जसले कयौ पटक नउठेको फोन अनि साना-तिना मतभेद लाई छिनभरमै गायब गरिदियो । रिंग(ब्याक टोनमा भन्न खोजेको कुरा अर्थ जनाउने गीत राख्ने देखि यस्तो गित नराख भन्ने सम्मका कुरा सब भय ।एक-अर्का संग बोल्दा संसार भुल्ने देखि लिएर उस्लाई संगै राख्ने कुराहरु गर्दै भावनाको शिखर चढियो । एकपटक उनको फोन १५ दिन जति अफ भयो त्यो अबधि भर धेरै छटपटीए , दिनकै अफ हुने फोन प्रयास गर्दा-गर्दै थाके , मोबाइल बोक्न छोडिदिय तर याद मोबाइल मा हैन मन मा थियो जसलाई मैले बोक्न छाड्न सकिन ।
१६ औ दिन एक्कासी फोन आयो
उता : हेलो सन्चै छौ ?

म : अ सन्चै देखिन्छु जस्तो लाग्छ...

उता : हेर न म बिरामी भएर इंडिया गएर उपचार गराएर आको....

सबै आवेगहरु छिनभरमै घाम लागेको बेला हिउ पग्ले झैँ पग्लिय अनि चिसोपना चाही कतै मन भित्र बेस्सरी गढ़यो...

म : होर ? एकपटक भन्नु पर्दैन ? म कति आत्तिए...

उता : फोन चलाउनै पाईन , तिम्लाई धेरै सम्झे मैले येतो धेरै कि म भन्न सक्दिन...

म : हो र अनि अहिले कस्तो छ ?

उता : अहिले ठिकै छ , आज तिमि मा संग धेरै बोल ल , तिम्रा कुराहरु मन भित्रै गुटुमुटु पारेर राख्ने मन छ, तिमी संग कुरा नहुदा सम्झने सहारा बनाउन...

म : हुन्छ...
उता : मलाई तिमि संगै हुने रहर छ ,तिमि संगै राख न सधै भरि....

म : हुन्छ ,आउ न म सन्द खुशी त हुन्छौ ?

उता : खै त्यो भन्दा बढी खुशी त अरु के होला र ?


यस्तै-यस्तै धेरिया कुरा हरु हुन्थे , रिचार्ज कार्डका थुप्राहरु म्यारिज खेल्न ठिक पारिएका तास झैँ हुदै गय । नेपाली  नया बर्ष को माहोल थियो , मेरो परीक्षा चल्दै थियो राती उनको म्यासेज आयो।।।

Message मा : Herana ma ta naya barsa dekhi nai birami xu ,
bipana ma ta timlai dekheko 6aina tara aja sapanama
dekheko thiye, dib vari miss gare , thaha 6aina jindagi le
kun din kasto mod lin6a bhanera , voli balance rakhera call
gar6u miss you.


लेखिएको थियो . तुरुन्तै Reply गरे
म : Tension naliu, kehi hunna ausadhi khau ani
rest gara , jindagi le jasto mod lin6a teti modina
sikaula ne.

र २५ रुपया ब्यालेन्स पनि ट्रान्सफर गर्दिय । भोलि पल्ट देखि फोन अफ भयो कति गरे तर अह लागेन । जिन्दगी चल्दै गयो बस चल्दै मात्र गयो । एकदिन उस्को साथी मार्फत फोन गरेर उस्को दिदि को नम्बरमा फोन गरे उसले नै उठाको जस्तो लाग्यो तर सायद मैले नाम बताउदा पनि नचिनेपछी फोन राखे , पिडा हुनलाई घाउ नै हुनुपर्ने रहेनछ , केहि पीडाहरु बाह्य पिडा भन्दा पनि धेरै जटिल हुदा रैछन । म परिवार सम्झेर आफ्नो जिन्दगी अगाडी बढाउन तर्फ लागे । डेढ बर्ष पछी उसले फेरी एक्कासी फोन गरि अनि ६/६ महिनामा उपचारको लागि गएको कारण दर्शाएर बिरामिपन को शस्त्र प्रहार गरि , म बाध्य भय सहन अनि फेरी कुराहरु हुन थाले । तर आज फेरी कुरा हुन थालेको ६ महिना मा उ हराई , सोचे सायद बिरामि भई फेरी अनि फेरी छटपटीएर हप्तौ कटाए ।

तर अस्ति थाहा भयो उस्को अमेरिका बाट आएको दाईले ग्रिन-कार्ड होल्डर संग उस्को दाम्पत्य जिबन गास्दीन लागेको छ अरे । सुनेर खुशी लाग्यो उ नेपालीको सपनाको सहर अमेरिकामा रमाउने भई भनेर , अनि मेरो छटपटीको कारण चाही म गलत छैन भन्ने मेरो बिश्वासको प्रतिक रहेछ । प्राप्तीको आशाले जोडिएका सम्झौतारुपी सम्बन्ध र मुनाफाको आशाले गरिएको ब्यापार उस्तै-उस्तै हुने रहेछन मुनाफाको ब्यापार टुटेपछि नाफा हराउने रहेछ अनि प्राप्तिको सम्बन्ध टुटेपछि विश्वास । तर मैले तर बिना प्राप्तिको आशामै बिश्वास हराए । सल्काएर फालेको चुरोटको ठुटा र जबर्जस्ती भर्न खोजिएको जिन्दगीको बुट्टा दुबैको अर्थ नहुने रहेछ, अनि एस्ट्रे मा भरिएको सुर्तीको धुलोलाई शिखर सम्झनु केवल मुर्खता मात्रै हो , जिन्दगीलाई बहारको हुरी ले हुइक्याए पछी सबै मन बेस्सरी पोल्छ जुन अहिले मैले सल्काएको चुरोटको ठुटोले मेरो औला पोले भन्दा धेरै पीडादायी हुनेरैछ ।       

बेश्या प्रेमिका


मन एकतमासको भो...!!! जागिर छोडेको १२ दिन पछी मलाई अचानक उस्को याद आयो । अमेरिका गाकोनि २  बर्ष भएछ सालाले बिर्सेंछकि झै लाग्यो उफ्फ म पनि आफुले चाँही कहिले सम्झेर...?? सम्झेला कि भन्ने आशा राख्नलाई गाउँ मा हुँदा घुमेको पलहरु एक एक याद आउन थाले दस जोड दुई पढ्दा कि ति क्षणहरु ओहो केटी देख्दा त अती पो शर्माउथ्यो त त्यो... तर साला अहिले सब बिर्सेंछ कि क्या हो तोइट अरु को त कुरै छोडौँ यो जमाना मा पनि फेसबूक मा पनि याड भको छैन हामी साले ले भन्ने गर्थ्यो साथी भन्या आफु जिन्दगी को उचाई मा हुँदा सम्झिने अनी आफु गहिराही मा डुबेको बेला साथ दिने कोही भएन भनेर गनगन गर्ने बिर्सिन नसकिने जिन्दगीका नालायक पात्र मात्र हुन भनेर साचिकै हो रहेछ । नत्र मलाई एत्रो दिन आफ्नो जागिर हुँदा अनी प्रेमिका साथ हुँदा किन याद आएन त तेस्को ? सब नाता हरु झुठा हुन...!!! बिहे गरेकी श्वासनीले त धोका दिन्छे यार म त साथी मात्र बाँकी सबै वाइयात हरु।।। फेसबूक खोले नाम टाईप गरेर सर्च गरे सुरुमै देखायो ३ मुचुअल फ्रेन्ड भनेर... प्रोफाइल अमेरिकामा खिचेर हालेको फोटो हरु ले भरियको रहेछ याड गर्ने जोस हरायो खै किन किन बिरक्त लाग्यो आफ्नै जिन्दगी देखी साँझ को एक कप कफीले मोड चेन्ज गर्दियो मेरो मैले बेलुका उस्लाई रिक्वेस्ट पठाएेँ आधा घण्टा मा एसेप्ट गरेछ । तर खै मलाई बोल्ने शब्द आएन शायद यो फोन र प्रबिधी नभएर एक्कासी भेट भएको भये सजिलो हुनेथियो मलाई बहाना बनाउन तर प्रबिधी ले दरो चुनौती थप्दियो यहाँनिर।।। अन्लाईन भएको १ घण्टा सम्म बोलिन म न उस्लेनै बोलायो मपाइत्तो धेरै भाको जात मान्छे किन पहिला झुक्थ्यो र ?? घर हुँदा बिहान् उठ्न नपाई ढोका धक्धक्याउन आउथ्यो तर अहिले अनुहारकिताब मा १ घण्टा सम्म हरियो बत्ती झुल्किदा नि शम्शानघाटमा १२ बजेको जस्तो सन्नाटा छायोँ । मलाई मेरो मपाइत्तो फ्याल्न कर लाग्यो अनी किबोर्ड तिर हात हरु सल्बलाएे र सेकेन्ड भरमा सेन्ड भयो दुई अक्षर को एउटै शब्द 'हाई' । माझि ले थापेको बल्छीमा माछा परेजस्तै भएछ उस्लाई मेरो एउटै शब्दको धेरै उत्तरहरु आए मलाई बिझाउने खाल्को उत्तरहरु...!!! नजिकै हुने हो भने शायद मैले धेरै कुटाई नै खाने अनुभव गरे शायद दुरी ले जोगायो मलाई । गलत लाई सही र सही लाई गलत बनाउने एउटै मापदण्ड न हो यो विश्वाश र सम्बन्ध भन्नेकुरा अरु त सब ग्रिष्मकालिन झरी हुन एकैछिनमा बिलाई जाने ।।। १ हप्ता मा नेपाल फर्किने कुरा थाहा पाएँ । भेट्ने कुरा फिक्स गरियो अनी शायद म मा एउटा भावनात्मक उत्साह जगाएर अफ्लाईन भयो उ । चल्ने त घडी को सुई मात्र हो समय कहाँ चल्छ र ? त्यो त केबल हाम्रो फगत बहस हो घडी घुमाई को प्रतिक्षा गर्ने। च्याट भएको १० दिन पछी मोबाईलमा रिङ्गटोन बज्यो नयाँ नम्बरबाट अनी लोप हुन खोजेको मित्रताको बहस को समय तोकियो । भेट्ने लोकेसनले भने मलाई अली झस्कायो 'ठमेल अनी त्यो पनि राती ८ बजेको समय तर मलाई एउटै लगाम थियो लोपन्मुख मित्रता तेसैले जाने निर्णय लाई आत्मसाथ गरियो ।।


म माक्स लगाएर ठमेलको माईक्रो चढेँ । मेरो आन्तरिक चरित्र भन्दा पनि समाजले हेर्ने दृष्टिकोण लाई चुनौती दिएको थियो मैले लगाएको माक्सले । अझै कुरा गर्न तोकिएको पारीवेश -"बार" जहाँ रक्सी पिउनेहरुको र शरीर  नचाउनेहरुको भिड हुने गर्छ मध्य रात सम्म अनी निलो कपडा लगाएर बन्दुक बोक्ने हरुले छापा मार्छन अरे भनेर बारम्बार बजारमा हल्ला आईरह्न्छ । साँझ ७:३० को समय मान्छेहरु को चाप बढीरहेको थियो ठमेल बजारमा । सोर्हखुट्टेको ओरालो भन्दा अली अगाडिको गल्लीमा मलाई कुरिरहेको थियो मेरो चिने पनि नचिनेझैँ आभाष हुने तेही पुरनो मित्र । हामी सँग सुरुमा बोल्ने शब्द थिएनन । खै शायद लामो समय अन्तराल पछीको भेट ले होला नत्र बोलेर कहिले नथाक्ने मान्छे हामी । सोच्दा सोच्दै हामी एउटा बार को अगाडि रोकियौँ भित्र बाट गीतको धुन सुनिदै थियो शायद "सीला कि जवानी" हुदो हो । हामी भित्र छिरेम अनी दोस्रो तल्लाको कुनाको एउटा कुर्सीमा आफुलाई आसन गरायौँ । वेटर अर्डरका लागि तुरुन्तै हामी सामु देखा पर्यो उस्ले रक्सी मगायो अनी मैले कोल्ड ड्रिन्क्स अर्डर गरे वेटरले अचम्म मान्दै मेरो अनुहार हेर्यो शायद म बारमा आएर कोल्ड ड्रिन्क्स मगाउने पहिलो उल्लु थिएँ कि ? अर्डर आउने बेला सम्म मोबाईल चलाएर बसेउँ हामी । रक्सी र कोल्ड ड्रिन्क्स को आगमन सँग उस्को बोली फुट्यो सुरु गर्ने हैन भनेर । मैले भने तँ कहिले बाट पिउन थालिस ? उस्ले हाँस्दै भन्यो "म जन्मे देखी पिउँदै छु नि तेती बेला आमाको दुध अनी अहिले रक्सी अनी यि दुइटै जिन्दगी चलाऊने एक प्ये पदार्थ हुन ।" साला दर्शन बाढ्ने भएछ या भनौँ रक्सी नै एउटा त्यस्तो चिज हो जस्को सामिप्यताले मान्छे लाई क्षण भरमै विद्द्वान वा मुर्ख बनाउँछ । उस्ले गिलासमा रक्सी भरिसकेछ अनी म तेही उस्ले रक्सी मा मिलाएर बाँकी भएको चिसो कोल्ड ड्रिन्क्स गिलास मा भर्दै थिएँ । कुरा हरु सुरु भय घरका कुरा , परिवारका कुरा , भविष्यका कुरा अनी अमेरिकाका कुरा । अझै भनौ दु:खका कुरा अनी क्षण भरमै बिलाई जाने खुशीका कुरा...!!!


कुरा चल्दै जाँदा प्रेमिकाको कुरा निस्कियो अचानक मेरो मुखबाट उस्ले पिउँदै गरेको गिलास मुख बाट हटायो अनी म तिर हेर्यो । उस्को अनुहार एती बिग्रिएको जस्तो भान भयो कि मलाई शायद भर्खरै उस्ले संसारकै सबैभन्दा नमिठो बस्तुको स्वाद लिएको छ। या भनम कुनै संसारकै घिन्लाग्दो कुरा उस्को अगाडि छ । म आश्चर्य चकित भएँ । उु मलाई एकटक ले हेरिरहेको थियो । उस्ले मुख फोर्यो "प्रेमिका" :मैले अँ मात्र भन्न सके ।
उस्ले थप्यो "मायाको आश देखाएर मलाई भौतिक सहयोग गर्ने अनी मेरी मेरो भविष्यको सुन्दर सपना देख्ने त्यो केटी नामकि मेरी प्रेमिका एही बारमा काम गर्छे ।" म सँग बोल्ने कुरा थिएन रक्सीको ताल अनी बोल्ने शब्द दुइटै उस्को निजी भएका थिए तेतिखेर । घडीले बेलुकी को १० बजाउँदै थियो । अचानक एउटा बुर्का लगाएकी मुस्लिम केटी बार प्रबेश गरी । उस्ले ईशारा गर्दै भन्यो ऊ तेही हो मेरी प्रेमिका । म हेरिरहेको थिएँ । केही क्षणमै अगी बुर्का लगएकी केटी भेष परिवर्तन गरेर कुनै अैइटम ग्रर्ल भएकी थि अनी अबको नाच चाँही उस्को रहेछ । उस्ले भन्यो "मेरी प्रेमिका अरुको नजरमा एक बेश्या हुन सक्छे तर मेरो लागि ऊ भन्दा असल कोही छैन । हो ऊ शरीर बेच्छे अनी पैसा कमाउँछे घण्टाको हिसाबले वा रात भर तर उस्ले बेच्ने त्यो शरीर हो आत्मा हैन ।" ऊ बोलिरहेको थियो म सुन्दै थिएँ । "अरु सँग सुत्दैमा प्रेम हुने हैन मित्र ऊ हजारौं सँग सुतोस मलाई मतलब छैन म उस्लाई माया  गर्छु अनी ऊ मलाई फरक एती हो म उस्लाई अमेरिकाबाट यहाँ पैसा पठाउदिन उल्टो ऊ मलाई अमेरिका पैसा पठाउँछे मेरो पढाईका लागि ।" "ज्यान बेचेर के भो त मेरै लागि त हो अनी उस्को मन त पुरै बाँकी छ नि मेरो लागि सालाहरु रात बिताउन्जेल राम्री भन्छन अनी बिहान् बेश्याको संज्ञा दिन्छन तर मेरी प्रेमिका आफ्नो प्रेमीको भविष्यका लागि आफ्नो शरीर बेच्ने निस्वार्थ एक मुस्लिम केटी हो । जो मलाई अशिम प्रेम गर्छे ।"


उस्ले एसो भन्दै गर्दा मलाई आफ्नै याद आई रहेको थियो । सम्भवत: सबैलाई आफ्नै समस्या ठुलो लाग्छ अनी आफ्नै पिर ज्यादा तर यो अरुलाई नबुझ्नेहरुको भ्रम मात्र रहेछ समस्या नपरेको मान्छे र पिडा नपरेको दिलत खै कस्को पो हुने रहेछ र ? अनायासै फेरी प्रश्न सोध्न पुगेछु """"अनी फेरी रक्सी चाँही किन त ?" उस्ले धर्मराउँदै भन्यो "देखिनस अगाडि हुन्जेल समर्थन को ताली पिट्ने अनी पछी पछी बेश्या को पोइ को उपनाम दिने दुई खुट्टे सर्वश्रेस्ठ पशुहरुको समाज यस्कै प्रतिकार का लागि पिउछु म रक्सी" रात को ११ बजिसकेछ । म शुन्य महशुस गरिरहेको थिएँ । हामी फेरी भेट्ने भनेर छुट्टीयौं ।

रक्सी पिएर मात्र नलाग्ने रहेछ । पहिलो चोटि थाहा पाउँदै छु । ढोका खोलेर कोठामा गएँ डायरीको पाना हरु पल्टायँ प्रेमिकाको दाईको नम्बर कुनै दिन अनायासै टिपेको पाना पल्टियो । मोबाईलमा नम्बर थिचेर कल गरेँ ५ घन्टी मा फोन उठ्यो । मैले भनेँ "जात र पैसाको के कुरा गर्छस जेठान भनाउँदो जा गएर एतिखेर मेरो यादमा सुकसुकाउँदै गरेकी आफ्नी बहिनी लाई सोध प्रेम के हुन्छ भनेर ।" एती भनेर फोन काटेँ । बाथरुम गएर ऐना हेरेँ आफ्नै अनुहार चम्किलो लाग्यो आज कारण एउटै थियो अगीको मेरो शाहस जुन बिना रक्सीको थियो । गुमेको जागिरको कुनै पिर भएन किनकी मसँग रक्सी बिना को शाहस छ अनी फरक मानसिकता पनि ।।।