१
फेसबुक सम्वादको क्रममा सम्बोधन कठिनाई लाई पार लगाउने एउटै ईंग्लिश शब्द"You" जस्ले "तिमी" ,"त" अनी "तपाईं" तिनै वटा को समिस्रण एकै साथ बोकेको छ
धेरै चोटि सम्बोधन समस्या हल गर्देको छ मेरो सायद अरुको पनि....
थ्यांक यू ईंग्लिश...।।।
२
मान्छे खुशी भएको बेला आफुलाई संसारकै खुशी मान्छे सम्झेर रमाउछ...अनी दु:ख परेको बेला आफुलाई संसारकै सबै भन्दा दुखी सम्झेर दुखी हुन्छ..
शायद प्राकृतिक मानबिय सवेग नै यस्तै भएर होला...।।।
#साभार :समर लभ
३
प्रेमिका र मायालु मा धेरै फरक हुन्छ अरे...!मायालु हरु चै माया गर्छन् अरे...!!
अनी प्रेमिका हरु चाँही संका ...!!!
सुनेको कुरो..।।।
४
नेपाली हुनुको गर्ब यो भन्दा बढी के होला र...???कसम आज नाक आँफै फुलेर भन्दै छ...
हो त तेही नेपाली होस् जस्ले हार्न जानेको छैन।।।
जय नेपाल..!!!
सन्दर्भ:T20 नेपाली क्रिकेट
५
काठमाडौंमा बेजोडको हुरी चल्यो...!सम्पूर्ण नेपालीको मुटु नै हल्लिने गरी...!!
अनी अघी बाहिर छिट्टाएको चाँही पानी हैन...!!!
सम्पूर्ण नेपाली र नेपाल आमाको खुशीको आशु थियो ।।।
टेस्ट खेल्ने बाङ्लादेश सँग यती राम्रो खेल्नु सानो कुरा होर??
#जय_नेपाल
सन्दर्भ:T20 नेपाली क्रिकेट ।।।
६
शब्द बिहिनता र आँखामा आँशु तेती खेर मात्र आउँछ....!जब हर्षको कुनै सिमा रहदैन...!!
ईतिहास एकपटक मात्र रचिने कुरा हैन...!!!
नपत्याय नेपाल लाई हेरन...!!!
ईतिहास रच्न कहाँ चुकेको छौ र हामी ??
#जय_नेपाल_जय_राष्ट्र...!!!
सन्दर्भ:T20 नेपाली क्रिकेट
७
तिमी सँगको सम्बन्ध ठ्याक्कै आजकालको एन.टि.सि...को ब्यालेन्स काट्ने तरिकाजस्तो भको छ कहिलेमाया गरेझैँ...
काट्दै नकाट्ने अनी कहिले चाँही निस्ठुरी बनेरएकैचोटि नेगेटिभमा...
पुर्याईदिने दिक्क लाग्दो...।।।
८
स्वभाविक रुपमा सबैलाई आफ्नै समस्या ठुलो लाग्छ...अनी आफ्नै पिडा ज्यादा तर...
यो अरु लाई नबुझ्ने हरुको भ्रम हो
समस्या नपरेको मान्छे...
र पिडा नपरेको दिल त कहाँ होलान र कुन्नी ....??
#समर्पित।।।
९
अरुको इच्छा पुरा गर्नक लागि...आफ्ना आवश्यकताहरु कटौती गर्दै...
ओठमा बनाओटी हाँसो पोतिन्छ भने...
तेस्लाइनै शायद समर्पण भन्ने शब्दले अर्थ्याइँदो रहेछ क्यारे...!!!! शायद ।।।
१०
बर्ष हरु पुरानो हुँदै जान्छन...अनी यस्कै लगाममा बाँकी उमेरहरु पनी तर...
नव बर्ष सँगै रुमलिएर नयाँ हुनखोज्ने त यि याद र...
तितो वास्तविक्ता मात्र हुन बाँकी सबै पुरानो....।।।
#अनुभव
११
एक्काईसौँ शताब्दिका प्रेमिका भनेका...गर्मी यामका लामखुट्टे जस्ता हुन अरे...
पायसम्म रगत चुसेर मलेरियानै लगाइदिने...
अनी नपाय देखी कान ओरिपरी भुनभुनाई रहने ।।।
१२
काम लागुन्जेल बिष पनि...अमृत भन्दा बढी महत्वपूर्ण हुन्छ अरे...
अनी काम नलाग्दा चाँही अमृत पनि घाँडो...
अनी यि आँखाहरु चाँही बर्षायामको सप्तकोशी...
बाँध जस्तै विना कारण टिल्पीलाई रहन्छन सधैंभरी ।।।
१३
जिन्दगी बाध्यता रहेछ...श्वास फेर्नु बाध्यता ,
हात मुख जोड्नु बाध्यता...
अनी जिउनु बाध्यता ।।
संसार पुरै स्वार्थी छ अनी
म चाँही कहाँ छुट्न सक्छु र्?
१४
काठमाडौं श्वास फेर्ने मान्छे प्रजातिको निर्जिवले भरिएको शहर हो...मान्छेहरु बाँच्न अक्सिजन लिएजस्तो
मात्र गरिरहेछन....
तर वास्तविक श्वास चाँही पैसाले भरिरहेछ ।।।
१५
यादहरु भनेका पानी पर्नु अघी...आकाशमा मडारिने कालो बादल जस्तै हुन अरे...
कहिले एकैछिनमा आशु बनी निथ्रुक्क भिजाइदिने...
अनी कहिले खडेरिमा पानी कुर्ने...
किसानमाझै आशाको त्यान्द्रो झल्काएर तड्पाइर्हने ।।।
१६
मैले फेर्ने श्वास झुठो...मैले जिउने जीवन झुठो...
अनी मैले बोल्ने शब्दहरु सबै झुठा...
सत्य त थाहा नै नदीई लैजाने मृत्यु मात्र हो ।।।
अनी तिमी चाँही म मा अझै विश्वाश खोज्छौ कस्तो अचम्म...!!!
१७
तिमी भन्छौ नी संसार मतलबी छ भनेर...आफुलाई फाईदा हुने लाई अनुकुलता अनी...
आफुलाई असर गर्ने लाई मतलबी ठान्ने के तिमी मतलबी होइनौ र ?? ?
नत्र बाहिर परेको पानी असारको 'अनुकुलता' हो कि बादल को 'बाध्यता' हो आँफै छुट्ट्याउ ।।।
१८
यि तनाबहरु पनि ग्रिष्मकालिन समय जस्तै भएका छन...कहिले कालो बादलझैँ भारी भई आशु बनी बर्सन्छ्न....
अनी कहिले चर्को घामलेझैँ पसिना निकाली दिन्छन....
तर आशु होस् या पसिना पारीणाम चाँही तरलता नै रहेछ ।।।
१९
पिर र समस्या भन्ने कुरा सबैलाई पर्छ...फरक त समय को अन्तराल मात्र न हो...
तर अरु को पिडा मा ताली बजाउने हरु भनेका....
गर्वले नाक फुलेको हो वा गर्भले पेट फुलेको छुट्ट्याउन...
नसक्ने दुई खुट्टे प्रजाती मात्र हुन ।।। #वास्तबिक्ता
२०
फेसबुक खोल्दै पिच्छे "What's on your mind?"....भनेर सोध्ने जुकरबर्ग देखी नी दिक्क लाग्छ....
जिन्दगी देखी दिक्क लागेर अल्मलिन फेसबुक खोल्यो....
उस्लाई चाँही अर्काको दिमाखमा के छ भनेरै बिजनेस गर्न हतार ।।। #दिक्क_लाग्दो
२१
साला जिन्दगी देखेर पनि डाँको छोडेर रुन मन लाग्छ...अनी यो श्रावनको झरी चाँही दर्किएर आँशु पखाली....
मेरो पक्षमा छ वा बिपक्षमा छुट्टाउनै गार्हो ।।।
२२
ए नेपाली संचारकर्मी र अन्लाईन मिडिया हो...मोदिको बुलेट्प्रुफ गाडी र सुरक्षा को हैन ...
सिन्धुपाल्चोकमा उद्दार गर्न पुग्न नसकेको हेलिकप्टरको...
खबर सम्बन्धित निकाय सम्म पुर्याउ न यार...
उता जनता डुब्दै छन तिमीहरुलाई चाहिँ मोदिको कत्रो चिन्ता । । ।
२३
बाँचुन्जेली जीन्दगीमा अनेकथरी रहर हुन्छ...थाँहै नदीई उड्ने प्राणलाई सानै कुरा जहर हुन्छ...
मृत्यु तँ शब्दै कठोर उच्चारणले नी मुटु रुन्छ...
अमर रहेउ श्री कृष्ण तिमी देशलु मुहार आँशुले धुन्छ...
अन्तिम श्रद्धाञ्जली ।।।
२४
समिपमा रहदा महत्वहीन लाग्ने कुराहरु...टाढा रहदा बिशेष महत्व राख्छन अरे...
त्यसैले आजकल कतै टाढा हराउने रहर छ...
अरुलाई महत्व दर्शाउन होइन आफ्नो महत्व सुल्झाउन ।।।
२६
फेसबुकमा अनलाईन आएर नबोल्दैमा व्यस्तता र.....अनुहारमा आएको दारिले ढल्केको उमेरनै उदृत गर्छ भन्ने हुदैन....
#व्यक्तिगत_भोगाई
२७
प्राप्तीको आशाले जोडिएका सम्झौतारुपी सम्बन्ध र ...मुनाफाको आशाले गरिएको ब्यापार उस्तै-उस्तै हुन...
मुनाफाको ब्यापार टुटेपछि नाफा हराउछ....
अनि प्राप्तिको सम्बन्ध टुटेपछि विश्वास ।
२८
औसत मान्छेहरु आफ्नो खुशीमा भन्दा ज्यादा...अरुको दु:खमा उर्लिएर रमाउने प्रयास गर्नेहुनाले...
अनुहारमा कृत्रिमताको हासो पोतिएका दुखी देखिन्छन ।।।
२९
आजकलको "Relation" ठ्याक्कै फेसबुक जस्तै भाको छ...मन परे "Like" गर्यो , अलि बढी मन परे "Comment" गर्यो...
बोल्न मन लागे "Hi" भन्यो ,बोल्न मन नलागे "Bye" भन्यो...
उचित लागे "Add " गर्यो, दूषित लागे "Unfriend" वा "Block" गर्यो ।।।
#देखेको_कुरो
३०
फेसबुकको भित्तामा कुनै केटा वा केटी संग खिचेर राखिएका वा ट्याग...गरिएका फोटोहरुमा केटा प्रेमी र केटी प्रेमिकानै हुन्छ भन्ने हुदैन चेतना भया ।।।
#कटु_सत्य
३१
औसत हातहरु अप्ठेरोमै छुट्ने गर्छन...प्राय साथहरु कठिनाईमै छुट्ने गर्छन...
शाब्दिक आश्वासनको वस्त्र ओढेर आएर...
नाङ्गो वास्तविकता देखाएर जानेहरुलाई...
मेरो केवल दुई शब्द " थुईक्क चरित्र " ।।।
#यथार्थ
३२
अधिकांश सम्बन्धहरु आवश्यक्ताको ऊपज हुन्...जिन्दगीलाई गुणस्तरको हावाले नछोउन्जेल...
सबै समान देख्ने आखाहरूले पनि गुणस्तरको धुलो...
पसेपछि बेमौसमी चस्मा पहिरेर आफुलाई फरक...
दर्जाकोझैँ देखाउछन अनि झन् मान्छेहरु त किन छुट्थे र ?
३३
आजकल नाताहरु मतलवी भएका छन्...माकुराको जालोझै घेरिएको भयपनी विकल्पमा...
राखिएका सम्बन्धहरूले एक्लोपनानै महशुस गराउछन...
अनि कोपिलामै निमोठिएको विश्वासले दिने तितो वास्तविकता...
भनेको केवल नुनिलो आशु मात्र हो बाकीं सब झुठा लाग्ने हासोंहरु ।।।
३४
प्राय सहज लाग्ने बाटोहरुले गन्तव्य सम्म...कमै रुपमा पुर्याऊछ्न, देख्दा सहज भान हुने...
बाटो रोजेर असहजता को गुनासो पोख्ने वा...
असहजता मै सहजताको सन्तुष्टि खोज्ने...
आफ्नो इच्छाको कुरा हुन् ।।।
#समर्पित
३५
केही नाताहरु अनायासै जुट्छन...केही नाताहरु अनायासै छुट्छन्...
अचम्म छ मान्छेहरु 'विश्वास' बाट...
'वि' छुट्टाएर बाकीं रहेको 'श्वास ' पनि बारम्बार...
आएर नाताको छाता ओढेर जबर्जस्ति लुट्छन ।।।
३६
मान्छे हरेक कुराको विकल्प नै खोज्छ...सम्भव भए सम्म छानेर उत्कृस्ट नै रोज्छ...
सम्बन्ध झन् धेरै विकल्प सहित जोडिन्छ अरे...
कुन दिन फोक्सोले नी श्वास फेर्न छोडेर विकल्पमा 'मृत्यु' सोच्छ ।।।
३७
झरेको आशु परेली भिजाई रहन्छ...नझर्ने आशु मन भित्र बिजाई रहन्छ...
आखाहरू त्यसै टिलपिलाई दिन्छन...
हासों टाढा बसेर खिज्याई रहन्छ ।।।
३८
भित्तामा झुन्डिएको पात्रो नफेरिउन्जेल देखि...बाचिरहेको जिन्दगीमा कात्रो नबेरिउन्जेल सम्म...
श्वासको सुईले पेन्डुलम बनाएर राखेको जिन्दगीलाई...
बैशाख १ को पात्रो परिवर्तनको व्यक्तिगत शुभकामना ।।।
३९
अरे वाह प्रकृती क्या सजिलै सिन्धुबासी बाट सुकुम्बासी बनायौ यार !!!४०
प्रिय जिन्दगी तिमी प्रति मेरो एउटै गुनासो बाकीं छ :" तिमी अझै श्वास फेर्दै छौ ?"
४१
जिन्दगीमा प्रेमको आवेदन भर्नुस...वा जबर्जस्ति बिश्वासको परिक्षा दिनुस...
नतिजा "अनुतिर्णनै" पाउनुहुन्छ नत्र यती धेरै...
अडिग रहने धर्तीले त धोका दिईन नाथे मान्छेहरुको के कुरा ।।।
४२
If you have to choose between me and others,choose others because i am not your option...!!!
No comments:
Post a Comment